नेपाल-भारत साहित्य दोस्रो महोत्सव काठमाडौंमा हुने

नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुने भएको छ। मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डितको उपस्थितिमा महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आज काठमाडौंमा भएको छलफलमा उक्त निर्णय भएको हो। परिस्थिति अनुकूल भएमा आगामी २६ देखि २८ फरवरी २०२२ मा सो त्रिदीवसीय कार्यक्रमको आयोजन गरिने छ।

नेपाल भारतबीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यले सुरु भएको यो यात्रा पहिलोपटक वीरगन्जमा भएको थियो। महोत्सवको रूपमा हुने सो कार्यक्रमअन्तर्गत पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसँग साक्षात्कार, लघुकथा वाचन, अनुवाद सत्र, साँस्कृतिक कार्यक्रम, कवि सम्मेलन, स्मारिका प्रकाशन, सम्मान समारोह लगायत हुनेछन्।

सम्मेलनमा भारतबाट १५० जना साहित्यकारहरूको सहभागिता हुनेछ। साथै नेपालबाट सातै प्रदेशको प्रतिनिधित्व हुनेछ। आजको छलफलमा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, साहित्यकार राधेश्याम लेकाली, कलाकार एवम् साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, कवि एवम् समालोचक प्रमोद प्रधान, सङ्गीतकार बुलु मुकारुङ, कवि मुरारी सिग्देल, सर्जक अस्मिता सुमार्गी, साहित्यकारहरु कमला ओली थापा, मन्जिला अनिल र पारु तिमिल्सिनाको सहभागिता थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस