ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ आउँदै

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले आउँदो असोज ११ गतेदेखि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अङ्कित मूल्यका दरले ८ लाख कित्ता सेयर निष्कासन गर्न लागेको जनाएको छ ।

निष्कासन हुन लागेको सेयरमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोष र १६ हजार कित्ता कर्मचारीको लागि छुट्याइएको छ। बाँकी सात लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिने कम्पनीले जनाएको छ। सर्वसाधारणले यो शेयरमा असोज १४ गतेसम्ममा आवेदन दिनुपर्ने हुन्छ ।

सो अवधिमा पूरा आवेदन नपरे असोज २५ गतेसम्म आवेदन दिन पाइनेछ । यो कम्पनीले यसअघि साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि आइपिओ निष्कासन गरेको थियो । त्यतिबेला एक सय रुपैयाँ अङ्कित दरका कुल चार लाख कित्ता बराबरको आइपिओ निष्कासन गरिएको थियो ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला …

प्रतिकृया दिनुहॊस