रुसमा राष्ट्रपति पुटिनको पार्टीले भारी बहुमत ल्याउने संकेत

काठमाडौं । रुसमा हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमीर पुटिनको युनाइटेड रुस पार्टीले बहुमत ल्याउने सम्भावना बलियो बनेको छ । मत गणनाकै क्रममा एक्जिट पोलले सतारुढ दल भारी मतले बिजयी हुने प्रक्षेपण गरेका छन् ।

क्रेमलिनका आलोचकहरुलाई बञ्चित गरिएको निर्वाचनमा ब्यापक धाँधली भएको बिपक्षी दलहरुको आरोप छ । हालसम्म भएको २५ प्रतिशत मतगणना अनुसार राष्ट्रपति पुटिनको युनाइटेड रुस पार्टीले ४४ प्रतिशत मत हासिल गरिसकेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

रुसी बिपक्षी नेता एलेक्सी नाभाल्निका समर्थकहरुले निर्वाचन निष्पक्ष नभएको प्रतिक्रिया दिएका छन् । यद्यपि निर्वाचन आयोगका प्रमुखले भने चुनाव धाँधलीपुर्ण भएको भन्ने आरोपको खण्डन गर्दै यो बिपक्षी दलहरुको सुनियोचित प्रचार भएको प्रतिक्रिया दिएका छन् । रुसलाई बदनाम गर्न षडयन्त्रपूर्वक लगाइएको आरोप भएको उनको भनाई छ । मतदानमा रुसी जनताले ४ सय ५० सांसदका लागि मतदान गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस