विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल आयोजक ओमानविरुद्ध खेल्दै छ । सो खेल नेपाली समय अनुसार सवा ४ बजे शुरु हुदै छ ।

नेपालले यस अघि खेलेका तीन खेलमा एक जित र दुइ खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा अमेरिकाविरुद्ध जित हासिल गरेको थियो भने त्यसपछि खेलेका ओमान र अमेरिकाविरुद्धको खेलमा हर बेहोरेको थियो ।

अब नेपालले यस सिरिजको अन्तिम खेल ओमानविरुद्ध खेल्न लागेको हो ।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् ।

नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म खेलेका ७ खेलमा ३ जित र ४ खेलमा हार बेहोर्दै ६ अंक हासिल गरेको छ ।

यस्तै ओमान १२ खेलमध्ये १० मा जित र दुईमा हार व्यहोर्दै २० अङ्कसहित शीर्षस्थानमा छ । अमेरिका १५ खेलमा ७ खेलमा जित र ८ मा हारसहित १४ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ ।

यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ ।

लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस