‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’ कथाकार हरि थापालाई

यस वर्षको ‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’ कथाकार हरि थापालाई प्रदान गरिने भएको छ। पुरस्कार समितिका संयोजक तथा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले शैवले सो जानकारी दिएका हुन्।

साहित्यकार सुशील नेपाल तथा सुमन नेपालद्वारा प्रातस्मरणीय माता-पिताको सम्झनामा स्थापित यस संस्थाले हालसम्म बोष्टनमा रहेर नेपाली साहित्य लेखनमा लागि पर्ने सात जना साहित्यकारलाई सम्मान गरिसकेको छ। सम्मानित हुने साहित्यकारहरूमा भारती गौतम, दिनेश राजभण्डारी, गोवर्द्धन पूजा, लालगोपाल सुवेदी, दीपा राई पुन र महेश्वर पन्त रहेका छन्।

सानो विषयवस्तुलाई पनि मीठो कथामा उन्न सिपालु कथाकार हरि थापाका अक्षररेखा (कथा संग्रह २०५६),तिब्बती विम्बहरू (सयात्रा सङ्ग्रह २०७०) , व्यथाहरूको कथा(कथा संग्रह २०७१) , परदेशको कथा (कथा संग्रह २०७५), परिमित( लघुकथा संग्रह २०७३) , मियो (गजल संग्रह २०७४) लगायतका कृति प्रकाशित छन्। छालिंग भक्तपुरमा जन्मिएका हरि थापा लामो समयदेखि अमेरिकाको बोष्टनमा बस्दै आएका छन्।

अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान अनेसास बिओटी उपाध्यक्ष साहित्यकार पुरु सुवेदीको प्रमुख आतिथ्यमा हुने विशेष साहित्यिक समारोहमा उक्त पुरस्कार प्रदान गरिने जानकारी सोही संस्थाका अध्यक्षले बताएका छन्। कलाकार रञ्जन बुढाथोकी र लोककवि अलिमियाँ वाङमय प्रतिष्ठानका अध्यक्ष हमिप मियाँलाई पनि सोही दिन विशेष अभिनन्दन गरिने कार्यक्रम रहेको छ।
कार्यक्रम यही सेप्टेम्बर १९ तारिख आइतवारका दिन राजमित्र प्रांगण माल्डेनमा हुँदैछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस