विश्वकप क्रिकेट लिग–२: आज अमेरिका र नेपाल भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। आज अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ।

यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। त्यसैले अमेरिका नेपालविरुद्ध बदला लिने रणनीतिमा हुनेछ। यस्तै नेपाल भने लगातार अमेरिकाविरुद्ध जीत निकाल्ने दाउमा हुनेछ।

यसअघि अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल ओमनविरुद्ध ५ विकेटले पराजित भएको थियो। यता, अमेरिकासमेत ओमानसँग ४ विकेटले पराजित भएको थियो।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैठौं स्थानमा रहेको छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।न्युज कारखाना

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस