ज्योति लाइफले सार्वजनिक गर्‍यो ‘च्याटबट’, सबै जानकारी एकै ठाउँमा

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिको युगमा ग्राहकलाई लक्षित गरी सेवाहरूलाई थप प्रविधिमैत्री बनाउँदै ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न ज्योति ‘च्याटबट’ सेवा सुचारु गरेको छ ।

अब ज्योति लाईफका विभिन्न सेवाहरू तथा सेवा प्रदान गर्ने विधिहरूको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेज का साथै मोबाइल एपबाटै च्याटमार्फत स्वचालित रूपमा प्राप्त गर्न सकिने ज्योति लाईफले कम्पनीले जानकारी दिएको छ । च्याटबटमा कम्पनीका विभिन्न सेवाहरूको बारेमा जानकारी लिनका उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने जनाएको छ ।

साथै कम्पनीका विभिन्न सेवाहरू बीमित र अभिकर्ता सम्बन्धी जानकारी, कम्पनीको बीमा योजना सम्बन्धी जानकारी र सो को प्रतिक्रिया, हेल्पडेस्क, अनलाइन भुक्तानी, डाउनलोडहरू तथा अन्य सेवाहरू उपलब्ध छन् । यसै गरी कम्पनीले आगामी दिनहरूमा उक्त च्याटबटमा थप सुविधाहरू राख्दै सो सेवाहरूलाई अझ परिष्कृत बनाउने कुरा उल्लेख गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस