‘‘सञ्जू’ले दुई दिनमा ७३.३५ करोडको कारोबार गर्यो

काठमाडौं । रणवीर कपुरको ‘सञ्जू’ले राम्रो व्यापार गरेको छ । फिल्मले दुई दिनमा कुल ७३.३५ करोडको कारोबार गरिसकेको छ ।

बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्मले रिलिजको पहिलो दिन शुक्रबार ३४.७५ करोड कमाएको थियो । यसैबीच फिल्मको दोस्रो दिनको कमाई बाहिरिएको छ । फिल्मले दोस्रो दिन ३८.६० करोड कमाएको हो ।

यही गतिमा फिल्मको कारोबार हुने हो भने सय करोड नभई फिल्मले दुई सय करोडभन्दा माथिको आँकडामा व्यापार गर्न सक्ने अनुमान गरिएको छ ।

फिल्ममा संजय दत्त, रणबीर कपूर, सोनम कपूर, दिया मिर्जा, मनिषा कोइराला, परेश रावल, अनुष्का शर्मा, विक्की कौशल, बोमन इरानी र जिम सर्भ लगायतका उन्कृष्ट कलाकारको अभिनय रहेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । …

प्रतिकृया दिनुहॊस