प्रदर्शनको सय दिन पूरा भयो ‘शत्रु गते’

काठमाडौं । गएको वर्षको चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ले सय दिन मनाएको छ । प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले हिजो सय दिन मनाएको हो ।

काठमाडौंको गोपीकृष्ण हल र गुण सिनेमामा सिनेमाले सय दिनसम्म दर्शकको साथ पाएको हो । सिनेमाले सय दिन पूरा गरेको उपलक्ष्यमा निर्माण पक्षले सामाजिक सञ्जालबाट खुशी व्यक्त गरेको छ ।

सय दिन सम्म प्रदर्शन भएको यो सिनेमाको कूल कमाई १२ करोडको हाराहारीमा रहेको सिनेमाका निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका छन् ।

किरण केसीको प्रस्तुती यस सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरिवंशआचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, बसुन्धरा भुषाल, रमेशरन्जन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । …

प्रतिकृया दिनुहॊस