‘चि मुसी चि’ को पाँच अडियो गीत रिलिज

काठमाडौं । साउन ११ गतेदेखि प्रदर्शन हुन लागेको ‘चि मुसी चि’को अडियो जुकबक्स रिलीज भएको छ । फिल्ममा पाँचवटा गीत रहेका छन् । जुकबक्समा पाँच वटै गीत यूट्युब मार्फत उक्त गीत रिलीज गरिएको हो ।

‘आउ आज’, ‘चि मुसी चि’, ‘सानो सानो कुरा’, ‘तिमीले माग्छौ भने’ र ‘हाँस्दा हाँस्दै’ बोलका गीत चलचित्रमा समावेश गरिएको छ ।
‘चि मुसी चि’ गीतमा सन्तोष पोखरेलका शब्द तथा करण राज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ । ‘सानो सानो कुरा’ गीतमा सुरज अधिकारीको शब्द/संगीत तथा तारा प्रकाश लिम्बुको स्वर छ । ‘तिमीले माग्छौ भने’ बोलको गीतमा सुरज अधिकारीकै शब्द तथा संगीत छ भने अञ्जु पन्त र यूवराज चौलागाईँको स्वर रहेको छ ।

‘आउ आज’ गीतमा शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ भने अलमोडाले स्वर दिएका छन् । ‘हाँस्दा हाँस्दै’ गीतमा रेगन क्षेत्रीको शब्द९संगीत तथा शारिका घिमिरेको स्वर रहेको छ । यि मध्ये ‘चि मुसी चि’ र ‘तिमीले माग्छौ भने’ बोलका गीतको भिडियो यसअघि नै सार्वजनिक भईसकेका छन् ।

म्युजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।

अडियो सुन्नुस्

[youtube https://www.youtube.com/watch?v=dZA-Vk8tiS4?feature=oembed]

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । …

प्रतिकृया दिनुहॊस