[लघुकथा] मनकी मानक

गाउँ छोडेर काठमाडौं आएपछि, गाँउले र शहरिया जीवनशैली बिच दैनिकीमा हुने फरकपनको गहिरो खाडल ठम्याउन नपाउँदै एक जना नव मित्रले ठट्यौली पारामा सोधेका थिए,

मित्र, विवाह गर्नु भयो ?
‘नो’को उत्तरपछि फेरि उनले सोधे- कोही केटी साथी ?
फेरि ‘नो’को जवाफमा उनले भनेका थिए- अरे यार, कोही कल्पना देवी वा भावना देवी त होलान् नि जीवनमा ?
म अवाक बनेको थिए त्यस बखत !

पछि थाहा भयो अविवाहित अनि कोही केटी साथी नभएका ठेट्ना केटाहरुले कोही केटी साथी भएको भान दिने लफ्फाजी रहेछ ‘कल्पना देवी अनि भावना देवी’
यो बुझे पछि म मरि मरि हाँसेको थिएँ !

हामी प्रेम सम्बन्धमा अनुबन्धित नभएकाहरु यिनै कल्पना देवी र भावना देवीसँग प्रेमिल मनोरम साथ समय बिताउँथ्यौ, विवाह नगरिन्जेल ! !
विवाहपछि आफ्नै खाले जीवन पद्धति रहन्छ। मेरो पनि रह्यो नै ।

सकुशल चलेको मेरो जीवन मार्गमा एकदिन म आमालाई भेट्न घरको सिडी चड्दै थिए आमा घरमा । मेरो मोबाइलले संकेत गर्यो, हेरेँ कुनै सुन्दर नारीले फेसबुक साथीको निमित्त अनुरोध गरेकी रहेछिन् ।

अरु थुप्रै साथी बन्ने अनुरोधको व्यवस्थापन गर्न पाएको थिइन मैले, किन हो कुन्नी ‘भावना’ नामले मलाई निकै मोहित गर्यो १ कारण भने थाहा भएन, मैले केही नहेरी सहृदय साथ उनलाई साथी स्वीकार गरे ।

साथी बनेपछि उनको भाव भञ्गी, बहुत आकर्षक रह्यो मेरा निम्ति ! उनी मेरो मनमा खेलिन, दिलमा बसिन्, दिमागमा हाँसिन । सपना भरी नाचिन् ।

हर दिनका दैनिकी, बिहान, दिउसो, बेलुका र राती उनी मेरो भाव यात्रामा साथ हिडिन्, यसो भनु, मेरो दैनिकी नै परिवर्तन गरिदिइन् । यस्तो लाग्थ्यो मनमा कि, यिनी मेरी मानक हुन्, यिनको भावगत अनुपस्थिति मेरा निमित असैह्य बोध हुन थाल्यो। जस्तै समय अभावमा पनि उनी सितको फेसबुक वार्तामा मेरो समय सुलभ बन्न थाल्यो । यस क्रियामा सायद उनी पनि रमाएकै हुन पर्छ भन्ने मेरो ठम्याई थियो ।

उनी प्रतिको यो लगाव कुनै स्वार्थपरक वा भिन्न लैङ्गिक आकर्षण थिएन मेरा निमित्त । उनीले बताएको उनको आफ्नो अवस्था र दयनिय परिवेश अनि कारुणिक सृजन शैली मेरा लागि मार्मिक जिवन्तता बोध हुन्थ्यो, अझ भनु कुनै पुजारीका निमित मन्दिर भित्रको देव वा देवी झै प्रतित हुन्थ्यो ।

मेरो उनी सितको माग एउटै थियो कि म कुन नामको वा रुपको देवि वा देवयानी लाई मानक मानिरहेछु, श्रद्धाको कुन सिदा वा फूल प्रसाद, उनका निमित्त उपयुक्त होला,मेरो मन तुलबुलाई रहन्थ्यो उनलाई बुझ्न हरक्षण ।

उनको शैलीयुक्त चेत को भावजन्य संयोजनले मलाई जहिल्यै आश्वस्त बनाउँथ्यो, उनी, बादलमाथि चढेर हावाको गतिमा क्षितिज नजिक जहिल्यै आएको देख्थ्ये म फेसबुक भित्र तर, क्षितिज छिचोलेर उनी कहिल्यै पारिलो यथार्थ पाखा तर्फ आइनन् ।

एक दिनको कुरा हो उनी उसै गरि,फेसबुकको बादलमाथि, तुफान सरी आई रहेकी थिइन । क्षितिज वारी घामलागेको थियो बेसरी यथार्थको धरतीमा, उनी उता पारी जाडाले काँपीरहेकी थिईन थरथरी । मैले न्यानो पनको निमित्त रापिलोमा आउन आग्रह गरेँ,अनुनय, विनय गरेँ र भने

‘डाँडा पारीकी मेरी मनकी जून
पुर्ण आकारकी कहिले हुने हुन्
मेरो मनको अन्तर कुन्तरमा
प्रकाश पुञ्ज भै कहिले उदाउने हुन्’

तर उनी आइनन् ।
खै किन हो कुन्नी १ उनी यो पाटो मन पराँउँदिन थिइन् ।
म पनि अलि मुढी स्वभावको मानिस, जिद्धि नै गरे मैले, उनलाई पारिलोमा आउन ।
मेरो ध्येय केवल उनीलाई ओसिलो बाट मुक्ति दिलाउनु नै थियो !
मेरो जोर जबरजस्ती उनलाई मन परेन सायद !

उनले पठाउने गरेको भाव र चेत दुबै बन्द गरिन् । विमानरुपी बादल को बाहनको आवाज बन्द भयो, बिजुली झै चम्किली मनकी मेरी मानक ‘भावाना’ ध्याप्प निभिन् । चारैतिर मनोकाशमा सन्नाटा छायो ।

सम्झे मैले १ अविवाहित कालमा मन मस्तिष्कमा रम्ने भावना देवी यस्तै रहिन्, कल्पना देवी कस्ती होलिन कुन्नी…

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस