गएकाे २४ घण्टामा निको हुने भन्दा संक्रमित हुनेको सङ्ख्या दोब्बर

काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७९ जनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या ६ लाख ९० हजार ९ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ ।

गएकाे २४ घण्टामा सङ्क्रमणमुक्त हुने भन्दा संक्रमित हुनेको सङ्ख्या दोब्बर भन्दा बढी रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार २ सय ९१ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ५ सय ४४ रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ३५ जनाको पीसीआर र ४ हजार ६३ जनाको एन्टिजेन विधिबाट सङ्क्रमण परीक्षण गरिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस