संकटका साथी पत्रकार

  • डम्मर बम

२०७२ सालको महाभूकम्पले गरेको मानवीय तथा भौतिक क्षति र त्यसले पुर्याएको असरका बारेमा अग्ररुपमा रिर्पोटिङमा थिए, कान्तिपुर टेलिभिजनका पत्रकार डिपी उपाध्याय र उनीसँगै क्याम्परामा थिए पत्रकार सञ्जय लुईटेल । लुईटेल ती पत्रकार हुन् जो धादिङमा महाभूकम्पले पुर्याएको क्षतिको रिर्पोटिङ गर्दै थिए, जहाँ महाभुकम्पले उनको घर नै क्षतविक्षत बनाएको थियो ।

संकटका बेला सुरक्षित भएर कसरी रिर्पाेटिङ गर्ने भन्ने विषयमा कैलालीको पहलमानपुरमा रहेको रेडियो डौना वेबरीको समसमायिक बहसमा पत्रकार उपाध्यायले भनेका थिए, ‘आफ्नो घर समेत भूकम्पले क्षतविक्षत बनाएको अवस्थामा पनि लुईटेलले आफ्नो दायित्व पुरा गरिरहेका थिए ।’ दशौं हजार मानिसहरुको ज्यान जानेगरि गएको महाभुकम्पले अर्बौको पुरात्वात्तिक तथा भौतिक संरचना ध्वस्त पारेको थियो । लाखौ जनता प्रभावित भएका थिए । कैयौं पत्रकार समेत त्यसको प्रभावमा परेका थिए ।

उपाध्यायले रिर्पाेटिङकै क्रममा भनेका थिए, ‘यो क्षतविक्षत भएको त्यही घर, जो मसँग धादिङमा महाभुकम्पले पुर्याएको प्रभावको रिर्पाेटिङ गरिरहेका साथी पत्रकार लुईंटेलको हो ।’ सो अवस्थाको रिर्पाेटिङलाई पिटिसी सहितको दृश्य कान्तिपुर टेलिभिजनले देखाएको थियो । दृश्यमा देख्न सकिन्थ्यो, घर भत्किएको थियो, अन्नपात भिजेको, उठाउने कोही थिएनन् बृद्ध बा आमा घरको एक कुनामा बसेका थिए । तर सञ्जय भने त्यो हृदयविदारक ! दृश्यलाई क्यामेरामा कैद गर्दै थिए ।

दृश्यमा देख्न सकिन्थ्यो, घर भत्किएको थियो, अन्नपात भिजेको, उठाउने कोही थिएनन् बृद्ध बा आमा घरको एक कुनामा बसेका थिए । तर सञ्जय भने त्यो हृदयविदारक ! दृश्यलाई क्यामेरामा कैद गर्दै थिए ।

‘भुकम्पले घर भत्काएको छ, बाढीले अन्नपात लुगा कपडा पनि बगाएको र बा आमाको विचल्ली छ ।’ पत्रकार उपाध्याय भन्छन, ‘उनको मन कति रोएको थियो होला, उनी भित्रको पीडा मैले कल्पना पनि गर्न सकिन ।’ तर पत्रकार लुईंटेलले आफ्नो दायित्व पुरा गरेको मैले महसुस गरेको थिएँ । उनको घर त्यो अवस्था र परिवारको विचल्ली देख्दा मेरो मन यति धेरै रोएको थियो, भने उनको मन कति रोएको थियो होला ? कुराकानीका क्रममा पत्रकार उपाध्यायले भने । पत्रकार कहिल्यै पनि आफ्नो जिम्मेवारीबाट बिमुख हुँदैन भन्ने यो उदाहरण हो, पत्रकार उपाध्याय थप्छन् ।

यसै वर्ष असार महिनाको शुरुवातसँगै ठूलो बाढी आयो । बाढीले सिन्धुपाल्चोकमा धनजनको क्षति पुर्यायो । यस्तो जोखिमको पत्रकारहरुले समाचार सम्प्रेषण गरे । राज्यकै ध्यान त्यतातरि तानियो । समाचार सम्प्रेषणका लागि खटिएका न्युज ट्वान्टी फोरका जगन्नाथ दुलाल पनि एक साहशी पत्रकार हुन् । उनी ती पत्रकार हुन्, जो आफ्नो क्षतविक्षत भएको घर र गाउँको रिर्पाेटिङ गरिरहेका छन् । घर क्षतविक्षत भएको छ, मनमा पीडा भएको छ । तर पत्रकार दुलालले समाचार सम्प्रेषण गरिरहेको दृष्य टेलिभिजनमा प्रसारण भएको थियो । सामाजिक सञ्जालमा पनि उनको यो कार्यको सर्बत्र प्रशंसा भएको थियो । पीडा रहेपनि निरन्तर त्यहाँको बस्तु स्थितिको वारेमा उनीले जानकारी दिईरहेका छन् ।

सामाजिक सञ्जालमा लेखे, ‘पहिला भूकम्पले घरवारविहीन बनायो । अहिले बाढीले सुकुम्वासी बनायो । घर खेत सबै लग्यो । प्रकृतिको बज्रपात सहनुको विकल्प हुँदो रैनछ ।’उनले अर्को स्टाटस समाजिक सञ्जालमा फेरी पोष्ट्याए, ‘मेलम्ची फेरि उर्लिएर आएको खबर आयो । सबै सुरक्षित रहनुहोला । गुमाउन बाँकी त केही रहेन । अब जीवनचाहीँ बचाऔं । सबै सुरक्षित रहनुहोला ।’ उनी यसरी पत्रकारिताको कर्ममा लागिरहँदा धेरैको मन उद्देलित भएको थियो ।

यसैक्रममा नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले सामाजिक सञ्जालमा लेखे, बाढीले बितण्डा मच्चाएको समाचार संकलनका लागि आफ्नो जन्मभूमि मेलम्ची बजारमा पुगेका पत्रकार जगन्नाथ दुलालले आफु जन्मेको घर र आफन्तहरु घरबारबिहीन भएको समाचार सम्प्रेषण गरे । मनमा केके खेल्यो होला । तैपनि पत्रकारिताको धर्म निभाएका अब्बल पत्रकार दुलालको उच्च सम्मान गर्दछु । मेलम्चीवासी सबैको उद्दार र व्यवस्थापन छिट्टो गरियोस् ।देशको चौंथो अंग मानिएको पत्रकारिता पेशामा संलग्न पत्रकारहरुले आफ्नो पीडा भन्दा समाज र जनताको पीडालाई उजागर गर्न कति तल्लिन हुन्छन्, भन्ने उदाहरण हुन् । संकटको समयमा पत्रकार अग्रमोर्चामा हुन्छन् । आफ्नो पीडा भन्दा अरुको पीडामा मलम लगाउन पाउँदा खुशी हुने पेशा पत्रकारिता हो । एक जिम्मेवार पत्रकारले समाज र जनतालाई सुसुचित गर्न र राज्यलाई खबरदारी गर्न कटिबद्द हुन्छ तर आफ्नो बारेमा आवाज बाहिर ल्याउन अप्ठेरो हुन्छ । पत्रकार समाजका सच्चा पहरेदार हुन् । सच्चा नायक हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

[विचार] विपीलाई बोलीमा होइन व्यवहारमा मानौँ

विपी कोइराला बहुआयामिक व्यक्तित्व थिए । कलकत्ता विश्वविद्यालयमा कानूनी अध्ययन सँगै उनी राजनीतिमा सक्रिय रहे । विपीमा राजनीतिक स्थिरता थियो । उनी अस्थिर थिएनन् । असहिष्णु पनि थिएनन् । उनी विचारको आलोचना एकतर्फी ढंगमा गरिनुहुँदैन भन्ने मान्यता राख्दथे । कुनैपनि देशको मूलनीति नै राजनीति हो ।

प्रतिकृया दिनुहॊस