सिद्धार्थ इन्स्योरेन्सको प्रस्तावित १५.७८९४ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले १९ औं वार्षिक साधारण सभाले सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका हुन्।

आ.व. २०७६/७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आर्थिक वर्षको साधारण सभा भएको दिनसम्म २ अर्ब १ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरि सकेको कम्पनीले जानकारी गराएको छ ।

उक्त बीमा शुल्क संकलन गत आर्थिक वर्षको सोहिको तुलनामा १६.०७ बढी रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना …

प्रतिकृया दिनुहॊस