विश्व बैंकले नेपाललाई ६ करोड डलर सहयोग दिने

काठमाडौं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६ करोड डलर सहयोग गर्ने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर बढाउन र विपन्न एवं कमजोर विद्यार्थीहरूका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त सहयोग गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

उक्त सहयोगले गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीहरूलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न मद्दत गर्ने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फरिस हदद–जर्भोसले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस