भारतमा कोरोना: २४ घण्टामा ४ हजारको मृत्यु, ८४ हजार संक्रमित

काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएपनि मृत्यु हुनेको संख्या भने तुलनात्मक रुपमा कम भएको छैन ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ४ हजार २ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ८४ हजार ३३२ संक्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ६७ हजार ८१ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९३ लाख ५९ हजार १५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४ हजार संक्रमित भएका छन् भने १ लाख २१ हजार संक्रमण मुक्त भएका छन् । त्यस्तै भारतमा अहिलेसम्म २ करोड ७९ लाख ११ हजार ३८४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा १० लाख ८० हजार ६९० कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल २४ करोड ९६ लाख ३०४ जनाले कोरोनाको खोप लगाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस