२४ घण्टामा ३४०३ जनाको मृत्यु, ९१ हजार संक्रमित

काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ३ हजार ४०३ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ९१ हजार ७०२ संक्रमित भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ६३ हजार ७९ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९२ लाख ७४ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ९१ हजार संक्रमित भएका छन् भने १ लाख ३४ हजार संक्रमण मुक्त भएका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म २ करोड ७७ लाख ९० हजार ७३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा ११ लाख २१ हजार ६७१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल ३७ करोड ४२ लाख ४२ हजार ३८४ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २० लाख ४४ हजार १३१ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ । त्यस्तै भारतमा अहिलेसम्म कुल २४ करोड ६० लाख ८५ हजार ६४९ जनाले कोरोनाको खोप लगाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस