गण्डकीका मुख्यमन्त्री पदमुक्त

काठमाडाै ।  प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न नसकेका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वतः पदमुक्त भएका छन् । मुख्यमन्त्री गुरुङले आज बिहीवार प्रदेश सभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा २७ मत मात्रै परेकाले उनी पदमुक्त भएका हुन् । दोस्रो पटककाे कार्यकालका लागि मुख्यमन्त्री बन्नका लागि उनलाई प्रदेशसभामा कायम कूल ६० सांसदको बहुमत वा ३१ मत आवश्यक थियो । जम्मा ५८ जना सांसद उपस्थित प्रदेश सभाको बैठकमा ५७ जना मतदान प्रक्रियामा सहभागी भएका थिए । मुख्यमन्त्री गुरुङले राखेको प्रस्तावको पक्षमा २७ मत पर्‍यो भने ३० जना सांसदले विपक्षमा मतदान गरेको गरे ।

बैठकमा १ जना तटस्थ र १ जना सांसद अनुपस्थित रहेका थिए । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा दलको ह्वीप विपरीत पुनः तटस्थ बसे भने युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) अनुपस्थित रहेका थिए ।

अब गण्डकीमा संविधानको धारा १६८(५) बमोजिम नयाँ सरकार गठनको आह्वान हुनेछ । गण्डकी प्रदेशमा जम्मा ६० सदस्यमध्ये नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखबाहेक ११, राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) का ३, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र १ सदस्य रहेका छन् । अब नयाँ सरकार गठनकाे बाटाे खुलेकाे छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस