कोभिडका कारण व्यवसायी पोखरेलको मृत्यु

काठमाडाैँ । कोरोना भाइरस संक्रमणबाट झापाको बिर्तामोडका स्थापित व्यवसायी तथा समाजसेवी दिपेन्द्र पोखरेलको निधन भएको छ ।
विगत पाँच हप्तादेखि काठमाडौंको नर्भिक हस्पिटलमा उपचार गराइरहेका उनको गए राति १२ बजे निधन भएको हो ।

५३ वर्षीय पोखरेल दुई दशकयता निर्माण व्यवसाय तथा प्लाइउड उद्योगमा आवद्ध थिए । बिर्ता बजारका पुराना बासिन्दा उनी सबै माझ परिचित थिए । उनको शव अहिले बिहान ८ बजे हेलिकप्टरमार्फत झापा ल्याइने र आजै कनकाई आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस