इलाममा जंगली च्याउ खाँदा दुईको मृत्यु

इलाम । इलामको सन्दकपुर गाउँपालिका- १ खोलाघारीमा विषालु च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् ।

इलाम नगरपालिका वडा नं.- ३ पुवामझुवाको बीरमान राईको घरमा शनिबार दिउँसो च्याउ खाएर बिरामी भएका चारै जनाको विएण्डसी अस्पतालमा उपचार भइरहेको थियो ।

विषालु जंगली च्याउ खाएर शनिबार इलाम नगरपालिका वडा नं.- ३ पुवामझुवाका दुई जना र सन्दुकपुर गाउँपालिका वडा नं. १ का दुई जना गरी चार जना बिरामी भएका थिए ।

च्याउ खाएपछि घर हिँडेका जीतबहादुर र टीकाबहादुर विषालु च्याउले मातेर बाटाेमा वेहोस अवस्थामा भेटिएका थिए ।

बीरमान र उनको श्रीमती विष्णुकुमारीलाई भने घरमै च्याउले मातेको अवस्थामा भेटिएपछि स्याम्पुहरु खुवाएर वान्ता गराइएर अस्पताल लगिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस