निषेधाज्ञा खुकुलो पार्ने सरकारको तयारी

काठमाडौं ।   सरकारले निषेधाज्ञालाई खुकुलो पार्ने तयारी गरेको छ । गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा अघिल्लोो साता कडा पारिएपनि अब खुकुलो बनाउँदै लैजाने तयारी सरकारको छ ।

गृहमन्त्रालयले काठमाडौंको कोरोना संक्रमण दर र प्रत्येक जिल्लाको संक्रमण दर कस्तो रहेको छ भनी जानकारी लिइरहेको र त्यसैको आधारमा अब रणनीति बनाउने जनाएको छ ।

कोरोना संक्रमणदर निरन्तर घट्दै गएमा असार १ गतेदेखि थप केही क्षेत्र खुकुलो बनाउनुपर्ने अनौपचारिक छलफल भएको र औपचारिक छलफल जेठ २९ गते मात्रै हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौं उपत्यकामा चाहिँ जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि निजी सवारी साधन जोर–विजोर लगाउने विषयमा छलफल भइरहेको छ । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने अधिकारीहरुको भनाइ छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस