बौद्धमा बोराभित्र शव फेला

काठमाडौं ।काठमाडौँको बौद्धस्थित नयाँबस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ ।

आज बिहान दुबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको हो ।

शवको पहिचान नै नभएकाले प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन भने अनुसन्धान प्रक्रिया सुरु भएको जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस