जर्मनीले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौँ ।   जर्मन सरकारले नेपाललाई ६२ वटा भेन्टिलेटरसहित पठाएको विभिन्न स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

जर्मन सरकारले नेपालमा कोभिड १९ नियन्त्रणका लागि सहयोगस्वरुप ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम बुट, २०० बडी ब्याग, पाँच वटा आइसोलेसन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पठाएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस