भारतमा २४ घण्टामा एक लाख संक्रमित, २४२७ जनाको मृत्यु

काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार ४२७ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा १ लाख ६३६ संक्रमित भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ४९ हजार १८६ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख ९ हजार ९७५ पुगेको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै देखिएको छ । पछिल्लो २४ घण्टामा १ लाख संक्रमित भएका छन् भने १ लाख ७४ हजार संक्रमण मुक्त भएका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म २ करोड ७१ लाख ५९ हजार १८० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा १४ लाख १ हजार ६०९ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल ३६ करोड ६३ लाख ३४ हजार १११ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १५ लाख ८७ हजार ५८९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ । त्यस्तै भारतमा अहिलेसम्म कुल २३ करोड २७ लाख ८६ हजार ४८२ जनाले कोरोनाको खोप लगाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस