थपिने भन्दा निको हुने दोब्बर

काठमाडौं । विगत दुई सातायता दैनिक थपिने सङ्क्रमितको संख्यालाई निको हुनेको सङ्ख्याले उछिनेको छ । लगातार १४ औं दिन शुक्रबार आठ हजार ६६३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने नयाँ थपिएका सङ्क्रमितको संख्या चार हजार ६२४ रहेको छ ।

हालसम्म पाँच लाख ८१ हजार ५६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा चार लाख ७६ हजार १३० जना निको भइसकेका छन् ।
३१ लाख २१ हजार १२० जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले निको हुने दर ८१.९ प्रतिशत छ ।

यो दर अफगानिस्तान, भुटान, माल्दिभ्स् र श्रीलङ्काभन्दा बढी हो भने बङ्गलादेश, भारत र पाकिस्तानभन्दा कम हो । बङ्गलादेश र भारतको निको हुने दर ९२.५ र पाकिस्तानको ९१.८ प्रतिशत छ । –गोरखापत्र दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस