प्राविधिकलाई सहयोग जुटाउन स्वस्तिमाले थालिन् अभियान

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले फिल्म प्राविधिकहरुलाई सहयोग गर्न अभियान थालेकी छन् ।

बुधवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले कोरोनाका कारण कामविहीन भएर समस्यामा रहेका प्राविधिकहरुलाई सकेको सहयोग गर्न अपिल गरेकी छन् ।

स्वस्तिमाले भिडियोमा भनेकी छिन्–‘यतिबेला हामी असामान्य परिस्थितीसँग गुज्रिरहेका छौं । यस्तो बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको पनि छैन । कोरोनाका कारण अहिले चलचित्र पनि निर्माण भैरहेका छैनन् । जसलेगर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या भएको खबर पढ्दा म निकै भावूक भएकी छु ।’‘

स्वस्तिमा खड्काले  भनि्न    सबै प्राविधिकहरुलाई उस्तै समस्या नहुनसक्छ । विशेषगरी स्पट ब्वाईहरुलाई समस्या छ । उहाँहरुले थोरै पारिश्रमिकमा काम गर्नुहुन्छ । फिल्ममा काम गर्दा म उहाँहरुसँग एकदमै क्लोज पनि हुन्छु । उहाँहरुले हामीलाई बिहान उठाउनेदेखि चिया-खाना ल्याइदिनेसम्मको काम गर्नुहुन्छ । यो बेला हामीले उहाँहरुलाई सानो सहयोग गर्न सक्यौं भने पनि ठूलो हुन्छ,’ ।

उनले, प्राविधिकहरुलाई सहयोग गर्न ९८४१०१७७६४ नम्बरको इसेवा आइडीमा रकम पठाउन सकिने बताएकी छिन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस