सिटिजन लाइफको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत ‘अनलाइन बीमा दाबी’ सेवा शुरु

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले अनलाइन बिमा दाबी सेवा शुरु गरेको छ ।

कम्पनीले शुरु गरेको यस ‘डिजिटल सिटिजन’अभियान अन्तर्गत अबदेखि सेवाग्राहीले बीमा दाबी गर्नका लागि कम्पनीको कार्यालयमै गइराख्नु पर्ने छैन् ।

कम्पनीले इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बिमा दाबी गर्न सकिने जनाएको छ ।

बैंकको अनुसार कम्पनीको वेबसाइटमा रहेको अभिकर्ताको पोर्टल खोलेर अनलाइनबाट दाबीसम्बन्धी आवश्यक कागजपत्र अपलोड गरी सजिलै दाबी प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुने भएकाले सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेस गर्ने प्रक्रिया चाँडो हुने र जसले गर्दा बिमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार ग्राहकहरुले घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि ई–सेवा, फोनपे, कनेक्ट आईपीएसलगायत डिजिटल बैकिङ सुविधा र कम्पनीको बैंक खाता उपलब्ध गराएको हो ।

कम्पनीले ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोबार तथा विवरण आफैँले हेर्न मिल्ने पोर्टलसमेत संचालनमा ल्याएको जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा सजिलो, २ दिनमै मृत्यु दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्सले दाबी कर्तालाई दुई दिनमा नै रकम प्रदान गरेको छ । इन्स्योरेन्सले टीकापुर …

प्रतिकृया दिनुहॊस