ज्योति लाईफको स्मार्ट एप्समा थप आकर्षक सुविधा

काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्सले बीमित तथा अभिकर्ताहरु सबैको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएको छ ।

उक्त एपमा बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु लग ईन गरेर प्राप्त गर्नुकाे साथै कम्पनीद्धारा जारी अन्य आवश्यक सुचनाहरुको नोटिफिकेसन अलर्ट समेत पाउन सकिन्छ ।

साथै अभिकर्ताहरुले पनि आफुले बिक्रि गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र व्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी यसमा समावेश गर्न सक्नेछन् ।

एन्ड्रोइड तथा आइ.ओ.एस. दुबै मोबाईल प्रविधिमा उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताहरुको लागि अत्यन्तै युजर फ्रेन्ड्ली रहेको छ । ज्योतिले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित आफ्ना सेवा–सुविधाहरु समेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको छ ।

कम्पनीकाे अनुसार यस एप्स भित्र क्यालेण्डर तथा विश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाको प्रोपोजल पठाउन/सेयर गर्न सक्नेछन् जस कारण सेवाग्राहिहरुले एक प्रकारले भन्ने हो भने यसलाई “मोबाईल इन्स्योरेन्स सेवा”को रुपमा पनि लिन सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ …

प्रतिकृया दिनुहॊस