एभरेष्ट बैंक र बेलायतको श्पुन रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । एभरेष्ट बैंकले बेलायतमा रहेको अन्लाईन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

सो सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफिले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

श्पुन रेमिट, अन्लाईन प्रोडक्ट र ट्रेडिङ्गको लागि दर्ता गरिएको एम.ए फास्टमोव लि.अन्तर्गतको नाम हो, जुन वेब का साथै मोबाइल एप्लीकेसनको दुबै एन्ड्रोइड र आई.ओ.एसमा उपलब्ध रहेको छ ।

अब बेलायतमा रहेका रेमिटरहरुले आफूलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्ने जनाइएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस