बास्तविकता

–श्रेया पौड्याल

पीएचडी गर्ने लक्ष्य त थियो

तर अचानक डोली चढाई बिदाई दिइयो

अनुसन्धान गर्ने रहर त थियो

तर रट्नेलाई मात्र डाक्टरको दर्जा दिइयो।

नाचेर रमाउने इच्छा त थियो

तर  यो दुनियाले मुर्ति बनाइदियो

प्रगति गर्ने चाहना त थियो

तर प्रतिस्पर्धि यो संसारले तर्साइदियो।

सत्य बोली बाँच्ने इच्छा त थियो

तर स्वार्थी यो दुनियाले चिप्ली बनाइदियो

पैसा त कागजी नोट मात्र थियो

तर ईर्ष्याले दादालाई डाँका बनाइदियो।

 

नेपाली संस्कार रमाइलो मानिन्थ्यो

तर दाइजोले बुहारीलाई बोक्सी बनाइदियो

छोरीको भूललाई मानवीय मानिन्थ्यो

तर बुहारीको भूललाई दानवीय बनाइदियो।

 

आमाको कोखबाट छोरो जन्मेको थियो

तर ब्यस्तताले परार्इ बनाइदियाे

आमाको काख सँधै पार्इन्थ्याे

तर करियरले आमालाई व्यस्त बनाइदियो।

 

मानवता नै सबैभन्दा ठूलो गुण मानिन्थ्यो

तर इन्जिनियरले नैतिक शिक्षालाई होच्याइदियो

क्षमतावानलाइ राेजगारी मिल्थ्याे

तर प्रमाणपत्र नभएकालाई बेरोजगार बनाइदियो।

 

 

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस