[कथा] शंकरदेव क्याम्पसकी पार्वती -२

  • डम्मर बम

नयाँवानेश्वर चोक, मानिसको बाक्लो ओहर दोहर, रातो साडीको पहिरन, हिड्दै थिइन् फुटपाथमा उनी, बोलाउने आँटसम्म गर्न सकेन । हातमा बाँधिएको घडीमा उनको नजर थियो, सायद हतारमा थिइन । उनै पार्वती हुन जुन जोसँग पहिलो दिन पहिलो भेट शंकरदेब क्याम्पसमा भएको । जसलाई जिवन दिईसकेको थिए आज उनैसँग बोल्नसक्ने ममा कुनै आँट भएन ।

छक्कु वक्कु मन्दीर नजिकैको चिया पसलमा चियाको चुस्कीमै थिए म । हृदयको मान्छे म नजिकै भएर जाँदा समेत बोल्न नसकिएकोमा अनुउत्तरित प्रश्नहरु उब्जिएका थिए । साँझको समय जब कोठामा आज उनलाई देखे पनि बोल्न नसकोमा आत्माग्लानी भयो । त्यो रात उनीसँग शंकरदेब क्याम्पसमा बिताएका पलको यादमा बिताए, त्यो पहिलो भेट, रमाईला कुरा, यादगार गफगाफ र भेटघाट । सबै सपना लागि रहेका थिए । के सत्य के असत्य । मसँग बिताएका पल कि अर्कैको सिन्दुर । मन बुझाउने उपाय थिएन । क्याम्पसका तिता मिठा पलहरु नै बाँकी जिवन विताउने सारथि बनेका छन् । जसलाई मबाटको बिछोडको डर थियो, उ नै मेरो जिवनबाट टाठा छ ।

के सत्य के असत्य । मसँग बिताएका पल कि अर्कैको सिन्दुर । मन बुझाउने उपाय थिएन । क्याम्पसका तिता मिठा पलहरु नै बाँकी जिवन विताउने सारथि बनेका छन् । जसलाई मबाटको बिछोडको डर थियो, उ नै मेरो जिवनबाट टाठा छ ।

एउटा पल धेरै सताइ रहेको हुन्छ, जुन मैले त्यो रात कोठामा एक्लै मैले धेरै सम्झना जुनबेला ज्ञानेश्वरको एक फाईनान्स कम्पनीले दिइएको आवेदनमा मेरो नाम शटलिष्ट गरि अन्तर्वाताका लागि बोलाएको थियो । जहाँ मैले उनलाई आफ्नो अन्तर्वाता दिन पुगेछु । जसलाई नयाँ जागिर पाए झण्डै डेढ बर्ष सम्पर्क विहिन भएकी मेरी पार्वतीलाई नेपालटार होस् चाहे सुर्खेत गएर भएपनि प्रेम प्रस्ताब गर्ने सोचको थिए । जब अन्र्तवार्ताका लासिग कार्यालयमा पुगे घुम्ने कुर्चीमा रातो साडी, मगंलसूत्र, सिन्दुर पोते र कोट लगाएकी अलि मोटी महिलाले म छनोटमा पर्न नसक्ने जवाफमा मैले सहमति जनाएको थिए । तर जब अन्तवार्ताकारलाई फर्केर हेर्दा मेरो अनायासै धड्कन बढ्न थाल्योे, दुवै ओठ, हात खुट्टा काप्न थाल्यो, जीउ गलेझै भएको र मात्र मुखबाट एक शब्द निस्किएको थियो – पार्वती !

एकदिनको कुरा हो, म कार्यालयको कामले महालेखा नियन्त्रकाको कार्यालयबाट फर्किदै गर्दा उनीसँग भेट भयो, मलिन अनुहार लगाएर उनी मुस्कुराइन, मनसाय नै बुझेर मैले खाजा खान अनुरोध गरे, सहमतीमै अनामनगरको यूनिक फाष्टफुट एण्ड क्याफेमा हामी पस्यौ । सुर्खेती ठकुरीकी छोरी सपना शाही (मेरी शंकरदेब क्याम्पसकी पार्वती) । उहि चाल, उहि बानी, बोल्ने शैली उही, प्यारी पार्वती ।
पार्वतीः– कस्तो छ ? हजुरलाई । अनि छातिको उपचार गरिसिएको थियो । के भयो ? अनि
हल्ला मोटाईसिएको छ ।

म :- ठिकै छ, आराम छु । छातीको समस्या अहिले ठिक भईसक्यो ।
पार्वती:- अनि हजुरको विहे कहीले ?
म :- नाजवाफ (जब मैले त्यस वारे केही सोचेकै थिएन) ।

यी र यस्तै प्रश्न र जवाफमा वितेको त्यो पल
हामी प्रेम प्रेमिका हुँदा तिमि शब्द प्रयोग गर्ने अधिकार भन्ने की आदेश उनले नै दिएकी थिईन आज अर्कैको भएपछि मैले तिमि भन्ने आँटसम्म गरिन मात्र हजुर शब्दले सम्बोधन गरे, मैयाँमा सिमित रहे । हातमा चुरा, घाँटीमा मंगलसूत्र अनि शिरमा सिन्दुर त्यो पनि अर्कैको नामको कस्तो है, ‘‘एउटा महिला विवाहित भएपछि एउटा पुरुषको नामको सबै थोक लगाउनु पर्ने तर हामी पु्ररुषको विवाहितको कुनै परिचय नखुलाउनु पर्ने” यदी म विवाहित भएको भएपनि उनलाई देखाउनु पर्ने कुनै पहिरन ममा हुने थिएन । ‘‘जब आफुले माया गरेको मान्छे आफुलाई छोडेर अर्कैसँग विवाह गरेर खुसी छु, भन्ने शब्द सुन्दा पनि हर्षित हुँदो रहेछ ।” करिब एक घण्टाको बसाइ हामी छुट्टीने भयौ । त्यो एक घण्टापनि धेरै बेर भईसकको थियो । माफ गर समय त जति मैले सकिन आज हामीलाई एक घण्टा बढी भयो । बोल्न खाजा बाहाना भयो । भेट्नलाइ कुनै कारण चाहिने भयो । सधै कहाँ एकनास हुन्छ र आज उनि कुनै कम्पनीको जिममेवार पदमा छिन, घरपरिवार जिम्मेवारी भएको छ ।

हामी पुरुषको जस्तो कहाँ हो र अफिस भन्यो मात्र हुदैन । सबै कुरालाई मध्ये नजर गर्नु पर्दछ । कार्यालय, घर चलाउनु पर्दछ । यो भन्न खोजेको होइन की पुरुषकोहरु जिम्मेवारी हुदैन तर पनि एक महिलाको धेरै हुन्छ मात्र भन्न खोजेको । हामी छुट्टीको साँझ मेरो नयाँ नम्बरबाट फोन आयो, फोन रिसिफ नगर्दै उताबाट प्रश्न आयो

अपरिचित :- के छ ? पागल खाना भयो ।
कहिले नविर्सिने त्यो आवाज उनै पार्वतीको थियो ।
म :- खाना भयो । अनी हजुरको मैया
पार्वती :- (रिसाउँदै) म त अब टाढा भए है, मजबुरीमा विहे गर्दा आज माया गर्ने मान्छे गुमाउदा मलाई पीडा भएको तर तिमि मलाई एउटा साथिको रुपण्मा बोल्न सक्छौ नी । कुनै सपना शाही होइन, असल साथिको रुपमा मलाई त्यही पार्वती भन्नु पर्छ, अनी त्यसै गरी तिमि भनी बोल्नु पर्छ नत्र म आफुलाई कहिले माफ गर्न सक्दैन, पीडा देखाउने सक्ने सामर्थ छैन, मलाई बुझ्ने कोशीस गर न ,
म :- माया पनि कहिले कम र कहिले बढी हुन्छ र पागल, मैले पनि आफ्नो बनाउन नसक नी तिमिबाट एउटा असल साथिको माया नै हो खाजेको ।
पार्वती :- ओके अब तिम्रो विहे गर्नु पर्छ तर केटी मैले च्वइस गर्छु । हवस्
म :- हवस् म्याडम
पार्वती :- ओके म केही काम गर्छु, अफिसमा भ्याएन, तिमिलाई थाहा छ नी दुई वर्षसम्म तिमिसँग कुरा हुँदा पनि आजसम्म तिम्रो नम्बर मेरो दिमागमा सेभ छ । ओके गुटनाईट ।
म:- हो रहेछ । ओके गुटनाईट ।

माया पाउनु मात्र होइन रहेछ, गुमाउनु पनि रहेछ । साँचो माया गर्ने मान्छे उसको खुसीमा पनि आफ्नो खुसी देख्छ, त्यस्तै आज मलाई भईरहेको छ । कुनै व्यक्ति जादैमा दुनियाँ समाप्त हुदैन, जानेवालको नाम लिएर वहाना गरेर आफ्नो जिवन नै दाउमा लगाउन्छ, भने त्यसले आफ्नो मात्र होइन उसको पनि अपमान गर्छ जो गईसकेको हुन्छ ।

र, यो पनि : [कथा] शंकरदेव क्याम्पसकी पार्वती

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस