जुटे विपक्षीः यसरी गठन हुन्छ नयाँ सरकार

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले बहुमतको सरकार बनाउन आह्वान गरेसँगै नयाँ सरकारको लागि बहुमत पुर्याउने कसरत शुरु भएको छ । विशेषगरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नयाँ सरकार गठनको छलफलमा जुटेका हुन् ।

केपी शर्मा ओलीले विश्वासको मत गुमाएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए । सोहीअनुसार यी दल नयाँ सरकार गठनका लागि छलफलमा जुटेका हुन् ।

देउवाले यसबारे छलफल गर्न बैठक राखेका छन् । दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई बोलाइएको छ । कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सभापति देउवाले आज बैठक राखेको जानकारी दिए ।

राष्ट्रपतिले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेलगत्तैदेखि आफूहरु आन्तरिक छलफलमा रहेको उनको भनाई छ । ‘३ दिनभित्र नयाँ सरकार गठन हुन्छ । यसबाहेक अहिले कुनै विकल्प छैन,’ लेखकले भने । महन्थ ठाकुर-राजेन्द्र महतोपक्षीय जसपाले विज्ञप्ति नि कालेर नयाँ सरकारमा सहभागी नहुने भनेको विषयको खासै अर्थ नरहेको औंल्याएका लेखकले थपे, ‘आफ्नो दल हो, आफ्नै पार्टी हो । आफ्नै हिसाबले चल्छ ।’

जसपा एक नभइ यहाँहरुको बहुमत पुग्छ ? भन्ने जिज्ञासामा लेखकले भने, ‘ तपाईं सम्झनुस् पुग्छ । अहिलेलाई यति बुझौँ नयाँ सरकार भन्छ ।’ यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि ७६ (२) अनुसार ३ दिनभित्र बहुमतको सरकारका लागी दाबी गर्ने बताए । ‘३ दिनभित्र बहुमतको सरकारका लागी दाबी गर्छौं,’ उनले मकालु खबरसँग भने, ‘विश्वासको मत लिने (संविधानतः १महिना)को समयभित्र चाहिँ बहुमत पुर्‍याउने भन्ने हो ।’

यसरी गठन हुन्छ नयाँ सरकार
प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकी प्रधानमन्त्री ओली पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नेपालको संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ ।

धारा ७६ मा मुख्यतः चार ढंगले मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ। धारा ७६ को (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । मौजुदा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन । एउटै दलको बहुमत नहुँदा धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त हुने अवस्था संसद्को गणितमा देखिँदैन ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) सँग १२१ सांसद् छन् । दोस्रो ठूलो दल नेपाली कांग्रेससँग ६३ (दुई निलम्बित), नेकपा (माओवादी केन्द्र) सँग ५३ (चार निलम्बित), जनता समाजवादी पार्टी नेपालसँग ३४ (दुई निलम्बित) तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका र स्वतन्त्र एकएक सांसद छन् ।

वरिष्ठ अधिवक्ता एवं राष्ट्रियसभा सदस्य रामनारायण बिडारी संसद्मा एउटै दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (१) अनुसार मन्त्रिपरिषद् गठन हुन नसक्ने बताउछन् । संविधानको धारा ७६ (२) अनुसार दुई वा बढी दल मिलेर सरकार गठन गर्न सक्नेछन् । धारा ७२ (२) मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रावधान छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लागेर विद्युतका कर्मचारी केसीको मृत्यु

काठमाडौं । विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-३, …

प्रतिकृया दिनुहॊस