ओली सरकार पूर्णतया असफल: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको वताएका छन् । आज प्रतिनिधिसभा बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् । अहिलेकाे अवस्थाप्रति सरकार गैरजिम्मेवार भएको भन्दै नेता देउवाले सरकारको कडा आलोचना गरेका थिए ।

कोभिड रोकथाममा सरकारको भूमिकाप्रति देउवाले आक्रोश प्रकट गरेका थिए । अस्पतालमा आईसीयू, बेड र भेन्टिलेटरको अभावमा मानिसहरुको मृत्यु भइरहेकाे समयमा प्रधानमन्त्रीले भने आफ्नाे प्रचार मात्रै गरिरहनु विडम्वना भएको भन्दै सरकारप्रति उनीले आक्रोश पाेखे ।

सरकार गठन मात्रै हाेइन की संविधानको उलंघन गरेकोप्रति उनले आपत्ति जनाए । सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने संवैधानिक प्रावधान विपरित सरकार अगाडि बढेर संविधानको पालना नगरेको पनि देउवाले वताए ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस