सामूहिक राजीनामाको तयारीमा खनाल-नेपाल समूह

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको विवाद अब निर्णायक मोडमा पुगेको छ । पछिल्लो एक साताको छलफल र वार्ताबाट ठोस परिणाम निस्कन नसकेपछि एमाले विभाजनको डिलैमा पुगेको हो ।

खनाल-नेपाल समूहले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग आज पनि छलफल जारी राख्ने बताएको छ । ‘हामी आज पनि उहाँ (ओली समूह)सँग वार्तामा बस्न तयार छौं,’ नेता भीम रावलले भने, ‘तर उहाँ २ जेठ २०७५ मा फर्किनु भएन भने सामूहिक राजीनामा दिन्छौं ।’ शनिबार साँझ सकिएको खनाल-नेपाल  समूहका सांसदहरुको बैठकले आज साँझसम्म पर्खने सहमति गरेको छ ।

उनका अनुसार केही नेताले वरिष्ठ नेता माधवकुमार नेपाललाई हस्ताक्षरसमेत बुझाइसकेका छन् । ओली समूहसँगको वार्ता खुला राखेको यो समूह दिउँसो ३ बजे निर्णायक छलफलका लागि बस्दैछ । ‘हामी दिउँसो ३ बजे बस्छौँ । त्यसपछि निर्णय लिन्छौँ,’ नेता रावलले भने, ‘उहाँ नसच्चिए सामूहिक राजीनामा दिनेमा सहमति जुटिसकेको छ ।’

भोलि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदैछन् । यसअघि एमालेमा देखिएको विवाद मिलाउनका लागि दोस्रो तहका नेताहरुले विभिन्न चरणमा वार्ताहरु गरेपनि ठोस सहमति हुन सकेको थिएन । खनाल-नेपाल समूहले २ जेठ २०७५ मा फर्कनुपर्ने अडान राखेको र ओली त्यसमा तयार नभएपछि वार्ताबाट निकास निस्कन सकेन ।

अहिले पनि अल्पमतमा रहेका ओली नेपाल-खनाल पक्षले राजीनामा दिएको खण्डमा पदमुक्त हुने सम्भावना बढ्नेछ । यता कांग्रेस र माओवादीले विश्वासको मत नदिने निर्णय गरिसकेको अवस्थामा नेपाल-खनाल पक्षले राजीनामा दिए वैकल्पिक सरकार बन्ने सम्भावना बढ्छ । नेपाल-खनाल पक्षले ०७५ जेठ २ मै फर्किनुपर्ने अडान राख्दै आएको छ भने ०७७ फागुन २८ यता भएका सबै निर्णय रद्द हुनुपर्ने माग दोहोर्‍याइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोकमा जन्ती सवार बस भीरमा खस्यो : तीन जनाको घटनास्थलमै मृत्यु, ५२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको …

प्रतिकृया दिनुहॊस