प्रहरीद्वारा प्रयोग विहीन रहेका अक्सिजन सिलिन्डर संकलन

ललितपुर ।कोभिड-१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएपश्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग विहीन रहेका १ सय ५९ थान अक्सिजन सिलिण्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरिएको छ ।
संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय गराई तत्काल अति आवश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज ईमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलकेललाई १५ थान अक्सिजन सिलिण्डर विरामीहरुको प्रयोजनका लागि बुझाइएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस