एनएमबि बैंकद्वारा विभिन्न खातामा बीमा दाबी भुक्तानी

काठमाडौं । एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरुविरुद्घ प्रदान गरिने बीमा दाबी भुक्तानी दुर्घटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ।

बैंककाे सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख ३ हजार ८४१ बीमा दाबी भुक्तानी भईसकेको छ । बैंकले उक्त भुक्तानी इन्स्याेरेन्स पार्टनर शिखर इन्स्याेरेन्स मार्फत गरेको हो ।

आफ्नो स्थापनाकाल देखी नै ग्राहक केन्द्रित भएर काम गरिरहेको यस बैंकले ग्राहकलाई उच्च विमा कभरेज र भविश्यका अनिश्चितताको विरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ । बैंकको तलव खाता योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्ड को साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, कार्ड दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस