एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी

काठमाडाैं । एनआईसी एशिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत २० लाख बिमा रकम दुई जना ग्राहकलाई भुक्तानी गरेको छ ।

बैंकले बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिलाई उनकाे पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत १० लाख र सोही जिल्लाको ४७ वर्षिया बिन बहादुर वर्मालाई पनि घातक रोगको उपचार वापत १० लाख रकम भुक्तानी गरेका‍े हाे ।

बैंकले उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको छ ।

यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकले पाउन सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस