सानिमा बैंकद्वारा अन्तरिक्ष प्रतिष्ठान नेपालको टोलीलाई छात्रवृत्तिस्वरुप रु. ५ लाख प्रदान

काठमाडौं । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपालको विद्यार्थीहरुबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपालीस्याट २ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठानले सरकारी र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ ।

सो टोलीलाई नेपालका पहिलो अन्तरिक्ष नेपालीस्याट १ को निर्माण-प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले “ड्रिम प्रोजेक्टको” रुपमा नेतृत्व गर्दै आएका छन् ।

कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म “नेपालीस्याट २ विद्यालय” नामक स्याटलाइट निमार्णका लागि एउटा टिम निर्माण गर्नेछन् ।

जस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालीस्याट २ मा संलग्न दुई जनालाई अन्तरिक्ष निर्माण/प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको छ ।

देशभित्र विज्ञान तथा प्रविधिको अनवेषण तथा विकासको लागि सहयोग स्वरुप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा.आभास मास्केलाई सो रकम उपलब्ध गराइएको छ ।

अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सनराइज बैंक र सेलपेबीच सहकार्य

काठमाडौं । सनराइज बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र …

प्रतिकृया दिनुहॊस