अण्डाको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ ।विभिन्न रोगका कारण कुखुरा मरेर  उत्पादन घटेका कारण मूल्य बढेको हो । उत्पादन लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि  मुनाफा भने खासै नहुने किसानको भनाइ छ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार मंगलबारदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मिडियमको रु ३४० पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको हो । ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६५ पुगेको थियो । यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य रु ३६० पुगेकामा केही दिनपछि घटेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस