चट्याङ लागेर वडा सदस्यको मृत्यु

बैतडी । बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रोडीदेवलका वडा सदस्य गोविन्दसिंह भण्डारी रहेका प्रहरीले जनाएको छ ।

उनको सोमबार राति ८ः३० बजेको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

घर नजिकै रहेको गहुँ-मकै पिस्ने मिलमा काम गरिरहेको बेला उनलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बङ्गलादेशद्वारा नेपाललाई ५ हजार थान रेम्डेसिभिर प्रदान

काठमाडौं । बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले …

प्रतिकृया दिनुहॊस