एनआईसी एशियाका ग्राहकले ५ वटा अनलाईनबाट सामान किन्दा १५% छुट पाउने

काठमाडौं । एन आई सी एशिया बैंकले घरमै बसेर विभिन्न अनलाइनमार्फत वैशाख ३१ गतेसम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५ सयसम्म नगद फिर्ता (क्यास व्याक)को योजना सार्वजनिक गरेको छ ।

नयाँ भेरियन्टको कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि भएको निषेधाज्ञामा विभिन्न अनलाइन माध्यमहरूले दैनिक रुपमा अत्यावश्यक सामग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा बैंकले यस्तो योजना ल्याएको हो ।

बैंकले सस्तो डिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर, खानपिन फूड र टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्न ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । यसका लागि बैंकको कार्डमार्फत ई–कमर्श तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सकिने बैंकले जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस