पाक्षिक १०० करोड घाटा, तर मूल्य बढाएनौँ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियमको मूल्य बढेर आएको जनाएको छ । निगमले इण्डियन आयल कर्पोरेसनबाट शनिबार (१ मे २०२१) गरेको खरिद मूल्यअनुसार पेट्रोलियमको मूल्य बढेर आएको जनाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले एक विज्ञप्ति जारी गर्दै पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८.७६, डिजलमा प्रतिलिटर ३.४२ र एलपी ग्यासमा प्रतिसिलिण्डर ३७५.१३ रुपैयाँ घाटा रहेको दाबी गरे । जसले गर्दा निगमलाई पाक्षिक रुपमा १०० करोड नोक्सानी हुन जाने देखिन्छ ।

‘उपरोक्त अवस्थामा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्नुपर्ने भएता पनि हाल कोभिड १९ को दोस्रो लहरले देशको समग्र आर्थिक स्थितिलाई विषम परिस्थितिमा पुर्याउन सक्ने अवस्था रहेको हुँदा निगमले यो स्थितिलाई गम्भीरतापूर्वक मनन गरी आफ्नो तर्फबाट केही हदसम्म अर्थतन्त्रमा सहयोग पुगोस् भन्ने उदेश्य लिई हाललाई पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैमा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस