Japan Money Express (JME)र जि.एम.इ रेमिटबीच सम्झौता

काठमाडौँ ।  जापानको ख्याति प्राप्त रेमिटान्स कम्पनी Japan Money Express (JME)र जि.एम.इ रेमिट प्रा.लि बीच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ ।

अब जापानमा रहनु भएका नेपालीहरुले Japan Money Express (JME)को सेवा प्रयोग गरी जि.एम.इ रेमिटको माध्यमबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिनेछ ।

नेपालमा जि.एम.इ रेमिट सँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै नगद भुक्तानी लिन सकिनेछ र वर्षको ३६५ दिन नै JME मार्फत पठाएको रकम Real Time मा नेपालको जुनसुकै बैंकको खातामा जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले ब्यवस्था रहेकोछ ।
उक्त सम्झौतामा जि.एम.इ रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत  दिवाकर पौडेल र Japan Money Express (JME) को तर्फबाट  अजीब गुरुङ्गले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

जि.एम.इ रेमिट प्रा.लि ले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्दै विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस