सीसीएमसीले कुनकुन नाका खोल्न सिफारिस गर्‍यो ? [सूचीसहित]

काठमाडाैँ । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले यस्ताे सिफारिस गरेको हाे । उक्त सिफारिसबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ ।

बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । झापाको काँकडभिट्टा, मोरङको जोगबनी, इलामको पशुपतिनगर, धनुषाको भिठ्ठामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ । खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफै चढेर आएको बसले हान्दा तीर्थयात्रीको मृत्यु

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस