एन आई सी एशिया बैंककोे तेस्रो त्रयमासिक वित्तीय नतिजा सार्वजनिक

काठमाडौं । एन आई सी एशिया बैंकले चालू आ.व. २०७७/७८ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

COVID-19 को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि यस बैंकले तेस्रो त्रयमाससम्ममा व्यवसार्यतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत तथा स्वदेशी मुद्राको निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ५० प्रतिशतको उत्साहजनक बृद्धि गरी वार्षिक प्रति शेयर आम्दानी रू. ३४.८७ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा २०.०७ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई रू. ३ अर्ब खुद मुनाफा आर्जन गरेको छ ।

बैंकको स्व–पुँजीमा प्रतिफल (च्यभ्) २१.५२ प्रतिशत रहेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।

बैंकले तेस्रो त्रयमाससम्ममा कर्जातर्फ रू. ८६ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (रू. ८५ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २६० अर्ब पु¥याउन सफल भएको छ ।

जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ६०५ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको १४.२१ प्रतिशतको हिस्सा रहेको छ । साथै, बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ रू. ७८ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (रू. ९५ अर्व) ले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन रू. २८६ अर्ब पु¥याउन बैंक सफल भएको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ४२७ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १८.१८ प्रतिशत रहेको छ ।

यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्षको अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस तेस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा घटाउन बैंक सफल भएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ ।

सोही अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ९२ प्रतिशत कर्जा यस प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ ।

बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.१५ प्रतिशत मात्रै रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ । साथै बैंकको कुल कर्जामा रू. ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९२.७१ प्रतिशत रहेको छ । जुन बैंकिङ्ग क्षेत्रहरूमध्ये उत्कृष्टमा पर्छ ।

बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरी अगाडि बढिरहेको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैर वित्तीय सुचांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७७/७८ को दोस्रो त्रयमासमा कर्जा, निक्षेप, स्वँ–पूजीमा प्रतिफल, शाखा कार्यालय, र एटिएममा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको छ ।

साथै, खुद ब्याज आम्दानी र प्रति शेयर आम्दानीतर्फ अन्य वाणिज्य बैंकहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने खुद नाफा, चल्ती तथा बचत निक्षेप (CASA) र निष्कृय कर्जा अनुपातमा तेस्रो स्थान ओगट्न सफल भएको छ ।

 

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस