टी-२० मा १०० खेल खेल्ने सन्दीप पहिलो खेलाडी

काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछाने टी-२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी-२० सिरिजअन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन् । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए । उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएका छन् ।

हाल जारी त्रिदेशीय सिरिजमा उनले चार खेलमा ११ विकेट लिइसकेका छन् । नेदरल्याण्ड्ससँग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा बिहीबारको खेलमा तीन विकेट लिएका हुन् । लामिछानेले नेपालका लागि टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत बनाएका छन् ।

उनले २५ टी-२० खेलमा ४५ विकेट लिएका छन् । यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो । उनले ३२ खेलमा ४१ विकेट लिएका छन् । टी-२० मा लामिछानेले ७५ वटा टी-२० खेल भने विश्वका विभिन्‍न फ्रेन्चाइज लिगमा खेलेका हुन् । टी-२० अन्तरराष्ट्रिय खेलमा उनले २४ खेल नेपाली राष्ट्रिय टिमबाट तथा एउटा खेल विश्व-११ टोलीबाट खेलेका हुन् । सन् २०१८ मा वेस्ट इन्डिजमा भएको टी-२० अन्तरराष्ट्रिय खेलमा उनले डेब्यु गरेका हुन् । लामिछाने नेपालका लागि टी-२० क्रिकेटमा १०० विकेट लिने पनि पहिलो खेलाडी बनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस