यी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशका सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा आज मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै आज राति देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको सवभागले जनाएको छ ।

मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित वर्षाको सम्भावना रहेका क्षेत्रमा सर्तक हुन विभागले आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस