काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चार करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
बुधवार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमित हरि प्रसाद पन्तकी श्रीमती परु देवी पन्तलाई चेक हस्तान्तरण गरि दाबी भुक्तानी गरेका हुन् ।
मृतक पन्तले डेढ वर्ष अगाडि ४ करोड रुपैयाँको सुलभ जीवन बीमा योजना खरिद गरेका थिए । पन्तको हृदयघातका कारण मृत्यु भएको थियो।
उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा दावी भुक्तानी पाइँदैन, झन्झटिलो प्रकृया छ भन्ने कथनलाई रिलायबल लाइफले गलत सावित गरेको बताए ।
प्रतिकृया दिनुहॊस