सिभिल बैंकको नाफा बढ्यो

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ ।

गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढेको छ ।

बैंकले समीक्षा अवधि सम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ ।

गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो ।

त्यसैगरी बैंकले कर्जा तर्फ यस आर्थिक वर्षमा २७.६२ अर्व वृद्धि गरेको छ जुन असार मसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतको वृद्धि हो ।

बैंकको कर्जाको वृद्धि अन्य वाणिज्य बैंकहरुको वृद्धिको तुलनामा वृद्धि रकममा दशौं तथा वृद्धि प्रतिशतमा पहिलो स्थानमा रहेको छ ।

तेस्रो त्रैमासको अन्तसम्ममा बैंकको ग्राहक संख्या ५ लाख ४१ हजार ९ सय ८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.७६ प्रतिशतले वृद्धि हो ।

गतवर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या ४ लाख ४२ हजार ४ सय ४२ थियो ।

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ ।

बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफल भएको छ ।

गत वर्षको यही अवधिसम्म २.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर १.१३ प्रतिशतमा झरेको हो ।

बैंकले समीक्षा अवधिमा ५० करोड २५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गतवर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच अनलाइन भुक्तानी सम्झौता

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय कम्पनीबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । …

प्रतिकृया दिनुहॊस