३८ प्रतिशतले बढ्यो ज्योति विकास बैंकको खुद नाफा

काठमाडाै । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योति विकास बैंक को खुद नाफा ३८.१९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४३ करोड ६० लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा बढेर ६० करोड २५ लाख पुगेको छ ।  समिक्षा अवधिमा बैंकले ४३ करोड ६ लाख रुपैयाँ गैर संचालन आम्दानी गर्न सफल भएकाे  छ । बैंकको वितरणयोग्य नाफा भने ४३ करोड ३१ लाख रहेको छ ।

याे अवधिमा बैंकको निक्षेप २४.८० प्रतिशतले बढेर ४५ अर्ब ३१ करोड पुगेको छ भने कर्जा प्रवाह ३३.०४ प्रतिशतले बढेर ३९ अर्ब ५९ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी १ करोड ८ अर्बबाट ६.३३ प्रतिशतले घटेर १ अर्ब १ करोड कायम भएको छ । ३ अर्ब ८४ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १ अर्ब २८ करोड रहेको छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशतबाट घटेर ०.५८ प्रतिशत पुगेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस